दोहरो नागरिकता लिएकोमा डाक्टर कलवार पक्राउ

बारा, ३ मंसिर । बाराको महागढीमाई नगरपालिका वडा नम्बर(३ का डा.वीरेन्द्र प्रसाद कलवार दोहरो नागरिकता लिएकोमा पक्राउ परेका छन् । डाक्टर कलवार भारत र नेपाल दुई मुलुकबाट अलगअलग सेवासुविधा लिइ रहेको तथा दोहोरो नागरिकता कानून बिपरित रहेको अभियोगमा पक्राउ परेको हो । पक्राउ परेका कलवारलाई आजै बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थपगरी आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवं् प्रहरी नायब उपरीक्षक रंजितसिंह राठौरले जानकारी दिनुभयो । डा.कलवार भारतिय नागरिक रहेको र गलत तरिकाले झुठो कागजात पेशगरि नेपाली नागरिकता लिएको र गंजभवानीपुरमा करिब डेढ दशक देखि औषधी पसल सञ्चालन गर्दै आएका थिए । सोही ठाउँका स्थानीय मोहन प्रसाद जैसवालले दिएको उजुरीको आधारमा डा.कलवारलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।