पर्सा जगरनाथपुरबाट ३५ किलो चरेस बरामद


विमला गुप्ता । विरगंज । साउन २१ गते
पर्साको जगरनाथपुर गाउँपालिकाबाट ससस्त्र प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेस बरामद गरेको छ । जगरनाथपुर गाउँपालिकाको वडा नम्बर ६ झाक्रा मसियानी टोलबाट बिहान ४ बजेको समयमा ससस्त्र प्रहरीको टोलीले ७० वटा प्याकेटमा रहेको ३५ किलो चरेस बरामद गरेको हो ।
कोरोना भाइरस संक्रमण फैलन नदिन भन्दै अहिले जिल्लाभर निषेधाज्ञा लागु छ । तर तस्करहरुले यही मौका छोपेर लागुऔषधको कारोबारलाई तिब्रता दिएका छन् ।
तस्करहरुले गण्डक नहरको बाटो भएर जानकीटोला हुँदै चरेस भारत लैजान लागेको भन्ने सुराकी पाएपछि चनाखो भएर बाटो ढुकेर बस्दा ठूलो परिमाणको चरेस बरामद भएको ससस्त्र प्रहरी बेसक्याम्प पोखरियाका प्रहरी निरीक्षक हरित बढुवालले जानकारी दिए ।
प्रहरीलाई देखेपछि चरेस छाडेर तस्करहरु भागेको बढुवालले बताए । बरामद चरेस बुधबार ससस्त्र प्रहरीले सार्वजनिक गरेको छ