मल नपाउदा बाराका किसानलाई चिन्ता

बारा, साउन २२ गते । विश्वब्यापी माहामारी बनेको कोरोना भाईरस ‘कोभिड १९’ प्रकोपका बीच कृषि क्षेत्रलाई प्रोत्साहन गरी आन्मनिर्भरता बढाउँदै लैजानुपर्ने बहस चलिरहेका बेला किसान भने खेतीमा गरिएको लगानी समेत जोगिदैन कि भन्ने चिन्तामा परेका छन् । खेतीगर्ने उपयुक्त समयमा मल उपलब्ध हुन नसक्दा गोडमेल पछि मल पाईन्छ भने विश्वास राखेका किसानहरुले अहिले पनि मल नपाउदा कोरोनाको कहर भन्दा पनि उत्पादन घट्ने चिन्ताले बढी सताएको बताउँछन् । झण्डै अढाई बिगाह जमिनमा उखु खेती गरेका प्रसौनी गाउँपालिका–५ प्रस्टोका निवासी टोलका असर्फीलाल साह तेली चिन्ताले थल्एिका छन् । यसवर्ष अहिलेसम्म उखु बालीमा मल राख्न पाएका छैनन् । हामीले उत्पादन गरेको उखु नगद वा उधारोमा बेच्नुपर्छ । तर त्यसका लागि चाहिने मल नगदै किन्न पनि सहज रुपमा बजारमा पाईँदैन् उनले भने । गाउँटोलमा रहेका सहकारीले हाम्रो नाउँको मल खरिदगरी बढी मुल्यमा पसलेलाई दिने गरेका तथा हामीले सरकारी मुल्यको तेब्बरमा चोरी तथा तस्करबाट मल यसरी खरिद गर्नु परेको उनले बताए । किसानलाई यो भन्दा बढी चिन्ताको विषय के हुनसक्छ ?’ यो समयमा बिगतका तुलनामा यसवर्ष बढी वर्षा भएका कारण सबै बालीनालीको उत्पादन बढ्नेमा ढुक्क थिए, सोही ठाउँ वडा नम्बर–७ बंजरिया टोलका ह्दय राउत भेडिहरको हालत यस्तै छ ।