रौतहटको इशनाथ नपा.५ को वडा अध्यक्ष ठाकुरको निधन

रौतहट, १९ साउन । रौतहट जिल्लाको इशनाथ नगरपालिका वडा नम्बर ५ जटहराका वडा अध्यक्ष ५५ वर्षीय देवेन्द्र ठाकुरको सोमबार बिहान निधन भएको छ । वडा अध्यक्ष ठाकुरलाई श्वास फेर्न समस्या भएपछि उपचारको लागि गौर पु¥याउने क्रममा बीच बाटोमै उहाँको ज्यान गएको रौतहट नरसिङ्ग होमका सञ्चालक डा.रामशंङ्कर ठाकुरले बताउनुभयो । आइतबार राती ठाकुरलाई श्वाँस लिन गाह्रो भएपछि उपचारको लागि गौर अस्पताल लैजादै गर्दा उहाँको बाटोमै ज्यान गएको नरसिंङ्ग होमका सञ्चालक तथा मृत्तक ठाकुरका दाजु रामाशंङ्करले जानकारी दिनुभयो । तीनदिन अघि उहाँको आरडिटी परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएको थियो । मृत्तक वडा अध्यक्ष ठाकुरको शव उहाँको घर जटहारा मै राखिएको छ । शवको पिसिआर जाचको लागि जिल्ला जन स्वास्थ्य कार्यालय गौरमा जानकारी गराएको छ, स्वाव संङ्कलनपछि नै अन्तिम संस्कार गरिने डा.ठाकुरले बताउनुभयो ।