भन्सार छलीका माक्स, मोटरसाइकिल बरामद गरी मानिस सहित भन्सार कार्यालयमा बुझाईयो


रौतहट । साउन १८ गते
रौतहट जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत आज साढे चार बजेको समयमा जिल्ला प्रहरी कार्यालय रौतहट र मातहत अस्थाई प्रहरी पोष्ट महादेवपट्टीबाट खटिएको प्रहरी गस्ती टोलीले चोरी निकासी गरिरहेको सामान बरामद गरेको छ । जिल्ला रौतहट गौर नगरपालीका वडा नं.२ महादेवपट्टी स्थितबाट जिल्ला रौतहट माधवनारायण नगरपालिका वडा नं. १ बस्ने आलम मोहम्मद दर्जीले बा.७३ प(३२०० नं.को पल्सर मोटरसाईकलमा माक्स बोकी नेपालबाट भन्सार छली चोरी निकासी गरी भारत तर्फ लैजादै गरेको अवस्थामा प्रहरी टोलीले बरामद गरेको थियो । माक्स, मोटरसाईकल सहितको अन्दाजी करिब मुल्य रु.१,४४,०००।( (एक लाख चौवालीस हजार) बराबरको माक्स, मो.सा. वरामद गरी मानिस सहित आवश्यक कारवाहीको लागि जिप्रकामा दाखिला गरेको हुँदा उक्त माक्स र मो.सा. मानिस सहित कारवाहीको लागि आज गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।