देवाही गोनाही नपा ७ मा गरियो ग्यास सिलिण्डर तथा चुल्हा वितरण

रौतहट । आषाढ २१ गते
रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकामा ग्यास सिलिण्डर तथा चुल्हा वितरण गरिएको छ । प्रतिनिधिसभा सदस्य माननीय प्रभु साहको चुनावी प्रतिबद्धता अनुरुप वितरण गरिएको हो । रौतहट क्षेत्र नम्बर ३ लाई धुवाँ चुल्हो मुक्त बनाउने अभियानलाई पूरा गर्न आज देवाही गोनाही नगरपालिका वडा नम्बर ७ उचिडीह टोलमा ५२० घर परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको छ । यस अवसरमा प्रदेश सभा सदस्य कुन्दन कुश्वाहा, मौलापुर नगरपालिकाकी प्रमुख रीनाकुमारी साह, देवाही गोनाही न.पा. की उपप्रमुख परनिया देवील पटेल,नेकपा प्रदेश कमिटी सदस्य त्रिभुवन साह,मेयर प्रत्यासी प्रेमलाल साह,वडाध्यक्ष जगरनाथ राय यादव,मनिशंकर निधी,बिरबल पटेल लगायत जनप्रतिनिधि एवम् नेताहरुको उपस्तिथिमा उचिडीहका सम्पूर्ण घरपरिवारलाई ग्यास सिलिन्डर वितरण गरिएको सांसद साहका स्वकिय सचिव विजय यादव निर्विजले जानकारी गराएका हुन् ।