रौतहट २१ असार गते
रौतहटमा अधिकांस ठेकदारले करोडौंको ठेक्का लिएर गुणस्तरहिन कालोपत्रे पिच गरेकाले काम नसक्दै ठाँउ ठाँउमा फुटेको छ ।
रौतहटको मौलापुर नगरक्षेत्र अन्तरगत हालै निर्माण भएको तथा निर्माणकाम जारीनै रहेको समय कतिपय स्थानमा कालोपत्रे फुटेर खाल्डो भएर बाटो नै अवरुद्ध अवस्था आएको छ ।
मौलापुर कलैया सडकखण्डमा मौलापुर बजार भन्दा झण्डै ५ सय मिटर पश्चिम हालैभएको कालोपत्रे फुटेर ठाँउ ठाँउमा खाल्डो भएको छ ।
झण्डै दुईतिन फिटसम्म बनेको खाल्डोमा हिलो तथा पानी जमेर हाल आवागमननै बन्दहुने अवस्था भएको छ ।
सडक डिविजन कार्यालय चन्द्रनिगाहपुर बाट सडक बनाउने ठेका पाएका सर्लाहीका ठेकदार नरेन्द्र सिहले गुणस्तरहिन काम गरेकै कारण केहीसमय भित्रै उक्त कालोपत्रे फुटनलागेको एकजना स्थानिय नेता त्रिभुवन साहले जानकारी दिएका छन ।
त्यसैगरी ग्रामिण यातायात सुदृढीकरण एसएन आरटिपी कार्यक्रम अन्तरगत करोडौंको लगानीमा औरैया,बंकुल हिमालिबास सडक कालोपत्रे निर्माणकै अवधिमा ठाँउ ठाँउमा फुटन थालेको छ ।
तत्कालिन जिल्ला बिकास समिति बाट सडक निर्माणको ठेक्का पाएका युनाईटेड बिल्डर्स निर्माणसेवाका सकुन्तला हिराचन्दले गरीरहेको निर्माणकाम पुरा नहुँदै ठाँउ ठाँउमा फुटन लागेको छ ।
गुणस्तरहिन सामग्रीको प्रयोगको कारण मौलापुर ८ सोनरनिया र फतुवा बिजयपुर नपा सितलपुर गाँउ नजिक ठाँउ ठाँउमा कालोपत्रे फुटेर आवागमन बन्दहुने अवस्थामा पुगेको छ ।
उक्त सडकको जिम्मा प्रदेश सरकारको र मौलापुर कलैया सडकको जिम्मा डिविजन सडक कार्यालय चन्द्रनिगाहपुरको रहेपनी उनीहरुले चासो नलिएकै कारण निर्माणकै अवस्थामा बाटो फुटन भत्किन थालेको स्थानियहरुले गुनासो गरेका छन ।
सडक डिविजन कार्यालयका प्रमुख दारोगा साहले बिग्रिएको स्थानमा बाटो तत्काल मर्मत हुने र गुणस्तर बारे जाँचगर्न पहलगर्ने प्रतिवद्धता जनाएका छन ।