कोरोना संक्रमित सम्पर्कमा रहेका ९ जना आईसोलेशनमा

कोरोना संक्रमित सम्पर्कमा रहेका ९ जना आईसोलेशनमा बारा, १८ गते । बारामा कोरोना संक्रमित दुई जनाको सम्पर्कमा आएका ९ जनालाई बिहिबारबाट जितपुर सिमरा उपमहानगरपालिकाले निर्माण गरेको आईसोलेसनमा राखिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का ४३ वर्षिय पुरुषको परिवारका ७ जना सदस्य र सिम्रौनगढ घर भई जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १९ स्थित मस्जीदमा बस्दै आएका ३१ बर्षिय पुरुषका सहयोगी दुई जना गरि ९ जनालाई सिमरास्थित कोरोना विशेष अस्थाई अस्पतालको आईसोलेसनमा राखिएको वाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिए । आईसोलेसनमा राखिएकाहरुको थ्रोट स्वाब संकलन गरि नारायणी अस्पतालमा बुझाईएको र नारायणी अस्पतालले आजै संकलित स्वाब काठमाण्डौ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएको समेत प्रमुख जिल्ला अधिकारी पण्डितले बताए । बारामा संक्रमित देखिएका दुई जनाको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भईरहेको छ । यसैविच संक्रमितहरु बस्दै आएको क्षेत्रलाई सिल गरि प्रशासनले सम्पर्कमा आएकाहरुको पहिचानका लागि कन्ट्याक ट्रेसिङको काम शुरु गरेको छ । प्रभावित क्षेत्रका बासिन्दालाई होम क्वारेन्टाईनमा रहन निर्देशन दिदै प्रभावित क्षेत्रमा तिव्रगतिमा ¥यापिड डाईग्नोसटिक टेष्ट आरडिटी परिक्षण भई रहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बताए ।