श्रीमतीको सम्झनामा यी मकवानपुरेले बनाए शालिक

हेटौंडा– खेतमा गएकी विकमाया माझीलाई बागमतीको भेलले बगाएर लग्यो । बिमायाको खोजीमा दिनरात नभनी तिलकले पाइताला खियाए । कतै अत्तोपत्तो लागेन ।‘खेतमा साथै गइदिएको र्भ सायद उनलाई बागमतीले लैजादैनथ्यौं ।’ उनको मनमा यही कुरा किलाझैं गढ्यो ।

रातहरु अनिदोमै बित्न थाले । भोक तिर्खा र निद्रा सबै मायासँगै हरायो । बेपत्ता भएको १६ औं रातमा घर नजिकै शालिक बनाएको सपना देखे । त्यहि सपनालाई तिलकले बिपनामा उतारे । त्यो सपना छोरा, छोरी ज्वाईंलाई पनि सुनाए ।

उनीहरुले पनि शालिक बनाउने सुझाव दिए । तिलक माझीले आधा कट्ठा जमिन खर्चिएर मकवानपुरको बागमती गाउँपालिका–५ देउरालीमा श्रीमतीको शालिक बनाए । करिब ७ लाख खर्चिएर बनाइएको शालिकको २०७१ माघ १५ गते अनावरण गरे ।

घर र शालिकको दूरी करिब चार सय मिटरको दूरीमा छ । दिनमा एक पटक श्रीमतीको शालिकलाई हेरेर मात्र काममा जान्छन् । ‘सुरुसुरुमा त शालिकलाई देखेपछि आँसु झथ्र्यौं, अहलिे चाहिँ त्यस्तो हुँदैन तै पनि दिनमा एकपटक नहेरी चाहिँ चित्त बुझ्दैन ।’ माझीले भने ।

काभ्रेकी विकमायालाई तिलकले २०४५ सालमा मागी बिवाह गरेका थिए । आजको कान्तिपुर दैनिकमा हेटौंडाबाट प्रताप विष्टले समाचार लेखेका छन् ।