सौफी रक्सी ,ट्याक्टर सहित चालक लाई बुझाईयो गौर भन्सार


रौतहट । साउन १६ गते
रौतहट जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत हिजो जिल्ला रौतहट ईशनाथ नगरपालिका वडा नं.३ स्थितमा जिप्रका बाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्ने क्रममा नेपाल भारतको सिमा दशगंजा नजिक पुग्दा नेपालबाट भारततर्फ जादै गरेको ना.४ त. ८५३१ नम्बरको ट्याक्टरलाई रोकी चेकजाँच गर्दा सो ट्याक्टरमा ४०० (चार सय) काटुन सौफी रक्सी लोड रहेको हुदाँ पक्राउ गरेको थियो । ट्याक्टर चालक जिल्ला रौतहट यमुनामाई गाँउपालिका वडा नं.४ बस्ने बर्ष ४० को राजदेव साहसंग विल विजक माग्दा साथ नरहेकोले निजलाई नियन्त्रणमा लिई अन्दाजी मूल्य रु. १३,२०,०००।( ( तेह्र लाख बिस हजार ) बराबरको ट्यक्टरमा लोड रहेको सौफी रक्सी सहित ट्याक्टर बरामद गरी चालक समेत आवश्यक कारवाहीको लागि आज गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।