रौतहटको क्वारेनटिनमा देखिदै आएको कोरोना अब समुदायमा पनि देखियो

आरके श्रीवास्तव । रौतहट । आषाढ १२ गते
बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस रौतहटको समुदाय भित्र प्रवेस गरेको छ जिल्लामा संक्रमितको संख्या ११ सय नाघेको छ ।
जिल्लामा पहिलो पटक क्वारेन्टिनबाहिर समुदायमा रहेका तीन जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ ।
बिहीबार ३८ कोरोना संक्रमित मध्ये तीन जना क्वारेन्टिन बाहिर अर्थात समुदायमा घुमिरहेका मानिसमा संक्रमण देखिएको छ ।
गौर नगरपालिका वडा ५ का दुई पुरुष र इशनाथ नगरपालिका ३ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको रौतहटका सिडिओ बाशुदेव घिमिरेले बताऐ ।
अर्का ३० वर्षीय संक्रमित रौतहटको बोधिमाई नपाको बंकुल चौकमा पसले हुन ।
भारत बिहार मोतीहारी थानाक्षेत्र अन्तरगत कोरहीयाटोला घर भई उनी गौर ५ मा रहेको ससुराली बस्दै आएका थिए ।
गौरमा भेटिएका संक्रमित मध्ये एकजना १७ बर्षिय युवा ईशनाथ नगरपालिका–२ घर भई गौर ५ बस्दैआएका छन ।
काठमाडौं जान पीसीआर जाँच गराउँदा उनलाई संक्रमण पुष्टि भएको सिडिओ घिमिरेले बताएका छन ।
तेस्रो संक्रमित २५ बर्षिय युवक ईशनाथ नगरपालिका वडा न ३ घरभई वडाध्यक्षको सवारी चालाउदै आएका छन । संक्रमण पुष्टि भएका सबैजनालाई गौरीशंकर यादव क्याम्पसमा रहेको आइसोलेसनमा राखिएको छ । उनीहरुको कन्ट्याक ट्रेसिङ समेत सुरु भएको छ ।
सिडिओ वासुदेव घिमिरेकाअनुसार १७ वर्षीय युवकको परिवारका सदस्यहरूको स्वाब संकलन भइसकेको र अन्य दुईजनाको परिवारको पनि संकलन गरिनेछ । बिहिवार साँझ सम्म जिल्लामा कोरोना भाईरस संक्रमितको संख्या एकहजार ७७ रहेकोमा शुक्रवार थप ३८ जनामा संक्रमण पुष्टी भएसंगै संक्रमितको संख्या ११ सय १५ पुगेको छ ।
हाल ८ सय ३० जना जिल्लाको बिभिन्न क्वारेन्टाईनमा रहेका छन भने कोरोना जितेर घर फर्किनेको संख्या ७ सय १५ पुगेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उलेख रहेको छ ।
स्वाब संकलन गरीएका मध्ये ११ सय ४३ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
सिडिओ घिमिरेले समुदायमा रहेका मानिसमा कोरोना संक्रमण देखिनु चिन्ताजनक भएको बताउदै सजगता अपनाउन जिल्लाबासीलाई आग्रह गरेका छन ।