एउटै काममा दोहोरो बजेट, वडाध्यक्ष माथि आर्थिक दुरुपयोगको आरोप

रौतहट । आषाढ १३ गते
विकास निर्माणको बहानामा कसरी रकम दुरुपयोग गर्न सकिन्छ सोको नमूना यतिवेला दुर्गा भगवती गाउँपालिकाको वडा नम्वर ३ मा हेर्न सकिन्छ ।
दुर्गा भगवती गाउँपालिकाको वडा नम्वर ३ को कार्यालय मर्मत एवं रंगरोगनको नाममा उक्त बजेट दुरुपयोग भएको आरोप स्थानीय युवाहरुले लगाएका छन् । आर्थिक बर्ष २०७४÷०७५ मा पौने पाँच लाख वडा कार्यालय मर्मत एवं रंगरोगनमा खचिएको भएपनि एक बर्ष वित्न नपाउदै पुन चालु आर्थिक बर्ष २०७६÷०७७ मा पाँच लाख रकम छुट्याएर मर्मत सम्भार भइरहेको देख्दा स्थानीय युवाहरु चकित भएको स्थानीय सन्तोष झाले भने ।
दुर्गा मन्दीर मत्सरीको धर्मशालामा स्थानीय तह संचालन भएदेखि वडा कार्यालय संचालनमा आएको छ । धर्मशालाको पहिलो तल्लामा वडा कार्यालय संचालन भईरहेको छ । पहिलो तल्लामा जान पहिला देखिनै भर्यांग भएपनि पुन सोको माथिबाट भवनमा क्षतिपुर्याएर भर्यांग बनाएर आर्थिक दुरुपयोग वडाध्यक्ष धर्मेन्द्र झाले गरेको आरोप सन्ताषले लगाए ।
दुर्गा मन्दीर परिसर भित्र रहेका उक्त वडा कार्यालयमा पहिला देखि नै दुई वटा भर्यांग छदाछदै आवश्यक्ता नै नभएको कार्यमा रकम लगाएर दुरुपयोग गरेको हुँदा सम्बन्धीत निकायको ध्यान जान जरुरी रहेको स्थानीय युवा झाले गुनासो गरे । कार्यकाल सुरु गरेकै बर्षमा धर्मशालामा रहेको तिन वटा सालको काठबाट बनाइएको झ्याल झिकेर कमसल एवं कुकाठको झ्याल लगाई सालको काठ आफनौ घरमा वडाध्यक्ष लगेको गम्भीर आरोप उनले लगाए ।
आर्थिक बर्ष सकिन लाग्दा पनि चालु आर्थिक बर्षमा बडाको कुनैपनि कार्यक्रम गर्न नसकेको वडाध्यक्षले जथाभावी रुपमा कसैको आँखा नजाओस भनेर चुपचाप काम गराइरहेको गम्भीर गुनासो गरे । यस सन्दर्भमा गाउँपालिका प्रमुख संग कुरा गर्ने त्यहाँबाट अनियमतिता रोकिने कुनै पहल भएमा ठिकै छ अन्यथा माथिल्लो निकायमा जान बाध्य हुने उनले चेतावनी दिए ।