रौतहटमा एक नगरका २ वडा अध्यक्ष सहीत १४ जनामा कोरोना संक्रमण


रौतहट १३ असार ।
रौतहट । रौतहटको एउटा नगरपालिकाको २ जना वडा अध्यक्ष सहीत १४ जना कर्मचारीमा कोरोना भाईरसको संक्रमण भएको पुष्टी भएको छ ।
भारतिय सिमाना संग जोडिएको बौधीमाई नगरपालिकाका २ जना वडा अध्यक्ष सहीत कर्मचारी र जनप्रतिनिधी गरी १४ जनामा कोरोना भाईरस संक्रमणको पुष्टी भएको हो ।
नगर स्वास्थ सहसंयोजक राकेश कुमार यादवका अनुसार सनिवार आएको रिपोर्टमा २ जना वडा अध्यक्ष,केही कार्यपालिका सदस्य र केही कर्मचारीगरी १४ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटले सनिवार सार्वजनिक गरेको तथ्यांकमा २३जनामा थप कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ ।