२ लाख ६६ हजारको समान सहित भारतीय जिप बरामद

आदर्शवाणी संवाददाता । बीरगंज, ३ मंसिर । बीरगंज भन्सारको राजस्व गस्तीमा खटिएको सशस्त्र प्रहरी बल भन्सार गस्ती टोलीले आज २ लाख ६६ हजार ६ सय बराबरको तस्करीको समान सहित भारतीय नम्बरको बलेरो जिप बरामद गरेको छ । वीरगंज महानगरपालिका वडा नम्बर १६ इनर्वामा सवारी चेकजाँचको क्रममा विआर ०५ पि २६५३ नम्बरको भारतीय बलेरो जिप रोक्दा अचानक चालक फरार भएपछि सशस्त्र प्रहरीले सो गाडीबाट २ लाख ६६ हजार बरबारको हाडवेयर समान र सवारी साधनको मूल्य १२ लाख ६६ हजार कायम गरी बीरगंज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी राजस्व गस्ती टोलीका इन्चार्ज अमर खत्रीले बताउनु भयो ।