सामन छुटाउन घुस दिन खोज्ने महिला पक्राउ

बारा, ११ पुस । भन्सार छलीको सामन छुटाउन प्रहरीलाई घुस दिन खोज्ने एक महिलालाई शुक्रवार बारा प्रहरीले पक्राउ जितपुरबाट पक्राउ गरेको छ । बिरगंजबाट पथलैया हुँदै हेटौडा तर्फ जाने यात्रु बाहक बसलाई चेकजाँच गर्ने क्रममा आज दिउँसो भन्सार छलिको कपडा लिएर हेटौडा तर्फ जादै गरेकी बिरगंज महनगरपालिका वडा नं.२ वस्ने ३५ बर्षिया अम्विया खातुनलाई प्रहरीले पक्राउ गरेको हो । खातुनले भन्सार छली लुकाई छिपाई राखेको अवस्थामा कुर्ता सुरुवाल २३ पिस, थानको कपडा ७ पिस, साडी २५ पिस र सल २ पिस रक्सौलबाट हेटौडा तर्फ राजस्व छलि लिएर जादै गर्दा प्रहरीले पक्राउ गरेपछि निजले प्रहरीलाई प्रलोभनमा पार्न २८ हजार घुस वापतको रकम दिन खोजेको इलाका प्रहरी कार्यालय जितपुरका प्रहरी नायव निरिक्षक सागर सम्शेर जवराले बताउनु भयो ।