एकबर्ष देखी भौँतारिदै आएका दलित युवालाइ प्रहरीको पहलमा न्याय पाँउदै


आरके श्रीवास्तव । रौतहट । असार १३ गते
रौतहटको चन्द्रपुर ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी हेमबहादुर शाहीको पहलमा एकबर्ष पछी एकजना पिडितले न्याय पाउने भएका छन ।
चन्द्रनिगाहपुर स्थित मोटर ग्यारेज संचालक मुकेस दाशको चक्करमा परी एकबर्ष देखी भौँतारिदै आएका मौलापुर नगरपालिका सोनरनिया गाँउका एकजना दलित युवा अवधलाल दाश डिएसपी शाहीको पहलमा न्याय पाउने भएका छन ।
पेसाले चालक रहेका दाशले ऋण सापट गरेर डेढबर्ष अघि बिआर २२पी ०८५१ भारतिय नम्बरको स्कार्पियो गाडी खरीद गरेर चलाउँदै आएका थिए ।
परिवार चलाउने एकमात्र सहारा उक्त गाडी गतबर्ष बैशाख २८ गते जन्ती लिएर सर्लाही बरहथवा जाँदैगर्दा नवलपुर नजिक बिग्रेको थियो ।
टुचनगरेर उक्त गाडी चन्द्रपुर स्थित मुकेश मोटर पार्टस एण्ड वकैशपमा लग्दा कुलखर्च ८५ हजार लाग्ने बताउँदा दाशले ३ दिन पछी जोडजाम गरी ६० हजार रुपैया लगेर दिएका थिए ।
५ दिनभित्रै बनाएर दिने भनी गाडी र पैसा लिएका वर्कशप संचालक मुकेश दाशले १४ महिना बितिसक्दा पनी गाडी बनाउनुको साटो उल्टै गाडीको ब्याट्ी,सिसा,हेडलाईट,लगायत बिभिन्न महत्वपुर्ण सामान निकालीसकेका थिए ।
पटक पटक जाँदा पनी कुनै सुनवाई नगरेका मिस्त्री मुकेश दाश बिरुद्ध शुक्रवार ईलाका प्रहरी कार्यालय चन्द्रपुरमा पिडित अवधलाल दाशले लिखित उजुरी दिएका थिए ।
डिएसपी हेमबहादुर शाहीको कडा निर्देशनमा सोही उजुरीको आधारमा आज २ हप्ता भित्र गाडीलाई भने जस्तै अर्थात पहिलेको अवस्थामा बनाएर दिने मुकेश दाशले लिखित गरेर गएको प्रहरी हवलदार रञ्जित सिंहले जानकारी दिएका छन ।
डिएसपी शाही चन्द्रपुर ईलाका प्रहरी कार्यालयको प्रमुख बनेर आएदेखी अनेकौ उदाहरणिय काम गरीसकेको तथा प्रत्यक्षरुपमा जनतालाई शान्ति सुरक्षाको प्रत्याभुती दिलाईरहेको नगरबासीले बताएका छन ।