दुई वटा सार्वजनिक बोका चोरी

बारा, बैशाख १७ गते । गढीमाईको नाउँमा गाउँटोलमा छोडिएको दुई वटा सार्वजनिक बोका चोरी गरेका चोरलाई एक पटकको लागि गाउँलेहरु माफि दिएका छन् । बाराको महागढीमाई नगरपालिका वडा नम्बर–४ मल्हनी टोलका अन्दाजी बर्ष २५ का ओमप्रकाश यादवले बोका चोरी गरेको स्वीकार गरेपछि गाउँलेहरुको बुधवार बसेको बैठकले माफि दिएका स्थानीय सिकेन्द्र साहले बताए । नयाँबर्षको उपलक्ष्यमा बोकाको मासु खाने उद्देश्यले बोका चोरी गरेको स्थानीय अगुवा बैधनाथ यादवले जानकारी दिए । बिक्रम संम्वत २०७७ को बैशाख १ गते राती १२ बजे गढीमाईको नाउँमा सार्वजनिक छोडिएको दुई वटा बोका चोरीगरि घरमा लिएर गएपछि स्थानीयहरुले हल्लागर्दा सो कुरा सार्वजनिक भएको थियो ।