रौतहटमा भैंसी व्यापारी र प्रहरी विच दोहोरो झड्प

रौतहट २९ साउन
जिल्लाको राजपुर नगरपालिकामा विहिवार भैसी व्यापारी र प्रहरी विच दोहोरो झड्प भएको छ ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाइ फायर गरेको छ ।

कोरोना महामारीका कारण विगत पाँच महिना देखि नेपाल भारत सिमा पूर्ण रुपमा बन्द रहेको छ ।

भारतसँगको सिमा नाका बन्द रहेको अवस्थामा चोरबाटो हुँदै केहि तस्करहरु भारतबाट ठुलो संख्यामा भैसी लिएर आउँदै गरेको अवस्थामा प्रहरीले उक्त भैसीलाई नियन्त्रणमा लिन खोज्दा दुतर्फि झडप भएको रौतहटका प्रहरी उपरीक्षक रविराज खडकाले जानकारी दिनुभयो ।

विहिवार दिउँसो १ बजेको समयमा तस्करहरु सिमापारीबाट ५८ वटा भैसी लिएर आएको सुचना पाउना साथ राजपुर प्रहरीले राजपुर नगरपालिकाको कुडिया बजारमा घेरा हालेर नियन्त्रणमा लिन खोजेको थियो सो क्रममा भैसी व्यापारी र प्रहरी विच दोहोरो झड्प हुँदा स्थिती नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाई फायर गरेर हो ।

भारत संग सिमा जोडिएका औरैया र रामपुर खापको चोर बाटो भएर व्यापारीहरुले उक्त भैसी नेपाल भित्रयाएर राजपुर नगरपालिकाको कुडिया बजारमा ल्याएका थिए ।

देश अहिले कोरोनाबाट अस्तव्यस्त रहेको छ । कोरोनाका कारण रौतहटमा साउन २४ गतेदेखी ३२ गतेसम्मका लागि निषेधाज्ञा जारी छ । यता कुनैपनि नागरिकलाई सिमाबाट ओहरदोहर गर्न प्रतिबन्ध लगाइएको छ यसै मौकालाई छोपेर केहि तस्करका गिरोहले भारतबाट चोरबाटो प्रयोग गरि तस्करी गर्न लागेका छन ।