महिनौं देखि वडा कार्यालयमा राखिएको आज गरियो वितरण


रौतहट । साउन २९ गते
राहत वितरण नभएको समाचार प्रकाशन भएपछि आज राहत वितरण गरिएको हो । समाचारको प्रभावले आज वडाध्यक्ष गुदर राय यादवले आफनै रोहबरमा वडावासीलाई सामाजिक दूरी पालन गरि राहत वितरण गराएका हुन् । रौतहट जिल्लाको बौधिमाई नगरपालिका अन्तर्गत बौधा र अजगैवीमा प्रदेश २ सरकार बाट उपलब्ध गराएको राहत जन्तालाई उपलब्ध गराईएको हो । करिब डेढ महिना अघि घरेलु तथा साना उधोग बाट ६५ वटा राहत बुझि अहिले आएर वितरण गराएका हुन् । लामो समय सम्म जारी लकडाउनको कारन गरिब विपन्न परिवारहरू खान का लागि धौधौ परिरहेको बेला वडाध्यक्षले प्रदेश सरकार बाट उपलब्ध राहत आज विहिवार वितरण गराएका हुन् । राहत स्वरूप वडाको बौधा र अजगैवी टोलमा करिब १०५ जना गरिब विपन्न परिवारलाई राहत वितरण गरिएको हो । प्रदेश सरकार बाट उपलब्ध ६५ वटा र वडा कार्यालय बाट ४० थप गरि कुल १०५ वटा वितरण गरिएको हो । राहत स्वरूप चामल १५ किलो , दाल १ किलो ,साबुन १ ,तेल ५०० ग्राम ,सोयाबिन ५०० ग्राम , नुन १ किलो वितरण गरिएको वडाध्यक्ष यादवले जानकारी गराउनु भएको हो ।