बारामा कोरोनाको रिर्पोट लथालिङ्ग

बारा, ३० साउन । कोरोना महामारी अहिले समाजमा तिब्र रुपमा फैलिदै गरेको बेला बारामा भने, हालसम्म कोरोना पोजेटिभ कति जना रहेको तथ्याँङ्क लथालिङ्ग देखिएको छ । जिल्लाका १६ वटा स्थानीय निकायका स्वास्थ्य शाखा प्रमुखहरुले समयमा कोरोना पोजेटिभ भएको तथा कति जनाको पीसीआर चेकजाच गर्न स्वाव संङ्कलन गरिएको रिर्पोट हामीलाई अध्यावधी नगराउदा जिल्ला भरीको नै अवस्था लथालिङ्ग देखिएको जिल्ला जन स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश प्रसाद यादवले बताए । कोरोनाको प्रभाव बढ्दै गई रहेकाले प्रायःसबै पालिकाहरुले आप्mनै मातहत पालिकामा नै स्वाव संङ्कलन गरी जिल्लामा जानकारी नदिई सोको रिर्पोट परीक्षण गर्न केन्द्रसम्म पठाउने गरेकाले यस्तो अवस्था आएको उनले भने । हालका दिनसम्म करिब साढे ५ हजार बढी ब्यक्तिको पीसीआर परीक्षण भएकोमा ३३२ जना कोरोना संक्रमण पीडितमध्ये २२५ जना निको भएर घर फिर्ता गएको जन स्वास्थ्य प्रमुख यादवले जानकारी दिए । उनका अनुसार, ५० जना कोरोना संक्रमण आप्mनै घरको आईसोलेशनमा तथा ३ जना कोल्हवी नगरपाकिाको सम्पर्कमा बसेर बिभिन्न औषधी सेवन गरी रहेका छन् । यता कलैया उपमहानगरपालिका बाहेक बारा जिल्लाका अन्य पालिकाहरुको रिर्पोट हामी कहाँ नरहेको कलैया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.वीरेन्द्र प्रसाद मण्डलले बताए ।