अबैधरुपमा भित्रयाईएको सामान प्रहरीद्धारा बरामद


सरिता श्रीवास्तव ,रौतहट ,असार १३ गते
भारत बाट अबैधरुपमा भित्रयाईएको लाखौंमुल्य बराबरको बिभिन्न सामान रौतहट प्रहरीले बरामद गरेको छ ।
सिमावर्ती भारतिय बजार बैरगनिया बाट तस्करहरुले भन्सार छलेर भित्रयाएको तथा यता बाट भारत तर्फ लैजानलागेको बिभिन्न सामान प्रहरीले बरामद गरेको हो ।
गौर नगरपालिका २ र राजदेवी नगरपालिका ४ बाट गस्तीटोलीले बिभिन्न रेडीमेड कपडा,लेडिज सुट,कार्पेट,मरीच, छोकडा लगायत १ लाख ७३ हजार बराबरको अबैधसामान बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिएका छन ।
बरामद सामान आवशयक कार्यवाहीको लागी जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको प्रहरीले जनाएको छ ।