नगर विकास समितिका अध्यक्ष नरेस साहले गरे ग्याँस सिलिण्डर बितरण

सरिता श्रीवास्तव । रौतहट । असार १३ गते
रौतहटको कटहरिया नगरपालिका वडा १ मा सनिवार एकसय ८० परिवारलाई ग्याँस सिलिण्डर बितरण गरीएको छ ।
कटहरिया नगरपालिकालाई धुँवामुक्त बनाउने उदेस्य अनुरुप वडा १ मा आज एकसय ८० जना परिवारलाई ग्याँस सिलिण्डर बितरण गरीएको नगर विकास समितिका अध्यक्ष नरेस साहले बताएका छन ।
मेयर सियाराम कुश्वाहाको निर्देशन तथा नगरपालिकाको लगानीमा ग्याँस बितरण भएको र चुल्हो केहीसमय भित्रै बितरण हुने अध्यक्ष साहले जानकारी दिएका छन ।
कटहरिया १ मा यसअघि पनी केही परिवारलाई ग्याँस सिलिण्डर तथा चुल्हो बितरण गरीएको थियो ।