मनहरीबाट गाँजासहित दुइजना पक्राउ

हेटौँडा– मकवानपुर प्रहरीले मकवानपुरको मनहरी गाउँपालिकाबाट अबैध लागूऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । २७ किलो लागूऔषध गाँजासहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

शनिबार राती जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक पवनकुमार झाको कमाण्डमा खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका ८ गणेशधारा स्थित पुर्व पश्चिम सडक खण्डमा संकास्पद रुपमा हिडरहेको अवस्थामा रौतहट राजपुर नगरपालीका ८ बस्ने २३ बर्षीय दिनेश जैसवाल र रौतहट माधव नारायण गाउपालिका ५ बस्ने ३५ बर्षीय सुरेश साहलाई पक्राउ गरेको हो ।

प्रहरीले जैसवालले बोकेको रातो कालो झोला भित्र लागूऔषघ गाँजा ११ किलो र साहले बोकेको सेतो बोरा भित्र लुकाई छिपाई राखेको अवस्थामा १६ किलो गरी २७ किलो गाजा बरामद गरेको प्रहरीले जनाएको छ ।