आरडिसी द्धारा गरिबलाइ खाध्यान्न सहयोग

आरके श्रीवास्तव ।रौतहट । आषाढ १३ गते
आरडिसी नेपालको आयोजनामा रौतहटको चन्द्रपुर नपाका बिभिन्न वडाका अती बिपन्न परिवारलाइ शुक्रवार खाध्यान्न सहयोग गरीएको छ ।
इस्लामिक रिलिफ नेपाल र डब्लु एफ÷एडको आर्थिक सहयोग र आरडिसी नेपालको आयोजना तथा चन्द्रपुर नपाको समन्वयमा दुइसय परिवार लाइ खाध्यान्न बितरण गरीएको हो ।
चन्द्रपुर नपाको वडा नम्वर १,४,५,९ र १० वडाका बिपन्न परिवार लाइ चामल २५ किलो , दाल ३ किलो , चिनी २ किलो ,नुन २ किलो ,तेल २ लिटर,सावुन ४ थान बितरण गरीएको कार्यक्रम संयोजक शिवजी महत्तोले जानकारी दिएका छन ।
बितरण कार्यक्रम आरडिसी नेपालका अध्यक्ष पारस हुसैनको अध्यक्षतामा सम्पन्न भएको थियो भने चन्द्रपुर नपाकी उपमेयर रामरती चौधरीको प्रमुख आतिथ्यमा राहत सामाग्री बितरण गरीएको थियो ।
बितरण कार्यक्रममा नेपाली सेनाका मेजर पदम पुरी कार्यक्रम संयोजक शिवजी महत्तो लगाएतको उपस्थिती रहेको थियो ।