नाहरमा ट्रैकटर खस्दा घटनास्थलमै एकको मृत्यु

आरके श्रीवास्तव । रौतहट । आषाढ १३ गते

रौतहट जिल्ला को गुजरा नगरपालिका मा ट्रैकटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान ९ बजेर १५ मिनेट जाँदा तिव्र गतिमा गईरहेको ट्रैकटर पलटेर नाहरमा खस्दा घटनास्थलमै ट्रैकटरमा बस्ने मृत्यु भएको प्रहरी चौकी हरिनगर पोखरभिण्डाका असई संजय सिंहले जानकारी गराएका हुन् । गढिमाई मन्दिर नजदिक बागमती सिंचाई योजनाको बगही शाखा अन्तर्गतको नहरमा उत्त ट्रैकटर दुर्घटना भएको हो । ना ७ त ८७३८ नम्बर को ट्रैकटर पल्टिँदा प्रहरी घटना स्थलमा पुगी शव लाई निकालेको थियोे । ट्रैकटर दुर्घटनामा गुजरा १ मनहरवा बस्ने अन्दाजी वर्ष २५ का संजय माझी को मृत्यु भएको हो । मृतकको शव लाई पोष्टमार्टम का लागि जिल्ला अस्पताल गौर पठाईएको र घटनाको बारेमा थप अनुसंधान भईरहेको प्रहरीले जनाएको हो । केही दिन देखि मनसुन सक्रिय भई भईरहेको वर्षाका कारणले रौतहटका अधिकांश बाटोहरू हिलाम्मे भई दुर्घटना बढेको हो । सडक कालेपत्र भएको एक वर्ष नबित्दै अधिकांश रोडहरूमा ठूलाठूला खाल्डाखुल्डी भएका छन् । जसकारण दुर्घटना दिनप्रतिदिन बढदै गएको यसप्रति स्थानीयहरूको चिन्ता बढदै गएको छ ।