कटहरिया ८ पिप्रा पोखरियामा गरियो नयाँ सडक विस्तार

आरके श्रीवास्तव । रौतहट । आषाढ १२
रौतहट जिल्लाको कटहरिया नपा वडा ८ मा नयाँ सडकको विस्तार गरिएको छ । वडाको पिप्रा पोखरिया टोल स्थित रहेको बलिराम यादवको घर देखि ब्रहम बाबाको मन्दिर सम्म सो सडक विस्तार गरिएको हो । बाटो नभएर ब्रहम बाबाको मन्दिरमा पुजा गर्न जानेहरु खेतको आली भएर पुजा गर्न जाने गर्दथे । अब सडक विस्तार भए पछि यो समस्या टरेको हो । वडा सदस्यहरुको बजेट बाट करिब १ सय ३० मिटर लम्बाइ कच्ची सडक विस्तार गरिएको हो । करिब ६ लाखको लागतमा निमार्ण भइरहेको सो सडकमा २२ मिटर सम्म ढलान गर्ने योजना रहेको र बाँकि ठाँउमा ग्रेभल गरेर भए पनि सडक सुचारु गरिने उपभोता समितीका अध्यक्ष सिकिन्द्र यादवले बताए । सडक विस्तारमा समस्या हुने भएपछि स्थानिय नेता समिश विक्रम शाहको निगरानीमा काम अगाडी बढाइएको हो जसमा स्थानिय जग्गा दाता वालाहरुले पनी सहयोग गरेका थिए । आफनो वडामा सडक विस्तार होस या अन्य विकास निमार्णको काम आफनो वार्डको लागि खुशीको कुरा भएको वडाध्यक्ष नबद राय यादवले प्रतिक्रिया दिएका छन् ।