२ जना बाइक चोर चन्द्रपुर बाट पक्राउ

रौतहट । आषाढ ११ गते
रौतहटको चन्द्रपुरबाट बाइक चोरी गर्ने २ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । सोमबार बिरगंज बाट दिउँसो २ बजे चोरी भएको प्रदेश २(०३(००६ प २७९४ ल्क् पल्सर बाइक चोरी गर्ने कटारी नगरपालिका वडा २ ,उदयपुर निवासी २६ बर्षिय बिष्नु कटवाल र १९ बर्षिय मनिष श्रेष्ठलाई प्रहरीले बाइक सहित पक्राउ गरेको हो । बाइक चोरी गरि फरार रहेका बिष्नु कटवाललाई शसस्त्र प्रहरीले चन्द्रपुर ५ स्थित जगत आयल स्टोर्स अगाडी पक्राउ गरि आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरलाई बुझाएको हो। अर्का फरार ब्यक्ती मनिष श्रेष्ठलाई प्रहरी चौकी पौराइले पक्राउ गरेको हो । प्रकाउ परेका दुवै जनाको बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक राजन थापाले जानकारी दिनुभएको छ ।