रौतहट । साउन २३ गते
रौतहट जिल्लाको फतुहा विजयपुर नगरपालिका वार्ड नम्बर ८ कट्टा टोल स्थित श्री माँ सरस्वती प्राथमिक विधालयका प्रधानाध्यापक एवम् फतुआ विजयपुर नगरपालिका का शिक्षा सह(संयोजक सुबोद प्रसाद यादव आफु माथि सामाजिक संजालमा लगाएको आरोप झुठ्ठा कपोल कल्पित र निराधार भएको बताउनु भएको छ । राजनीतिक पूर्वाग्रह राखी आफूमाथि यस्तो झुठ्ठा आरोप लगाएको उनले बताए । गत साउन २१ गतेको दिन विधालयको प्रांगणमा अभिभावकहरू जम्मा भई आर्थिक हिनामिना गरेको आरोप लगाउँदै फोन मार्फत जानकारी गराउँदा आफु विधालयमा गई सर्वसहमतीले नै छलफल गर्दा त्यस दिनको बैठक को भिडियो बनाई फेसबुकमा राखि प्रधानाध्यापक सुबोध यादवलाई घेरा हालेको र हिसाबकिताब लिईरहेको अभिव्यक्ति झुठा रहेको बताउनु भयो । विधालयमा केही घेराउ नभएको र आर्थिक वर्षको सुरू देखि नै हिसाबकिताब पार्दर्शी रहेको विधालय व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल राय यादवले बताउनु भयो । आर्थिक वर्षको फर्छयौट को लागि अभिभावकले दिएको निवेदमा आफु तयार रहेको र कोरोना भाईरस कोविड १९ को संत्रास र निषेधाज्ञा हट्ने वितिकै हिसाब दिन तयार रहेको प्रअ यादवले बताए । यस विषयमा अभिभावक फिदा मह्ममद लगायतका अधिकांश अभिभावक संग सोध्दा प्रअ यादवलाई घेराउ नगरि सहमतिमा नै बैठक बसी हिसाबकिताब माँगेको जनाए । स्मरणीय होस् केही दिन अघि देखि सामाजिक संजाल फेसबुकमा प्रअ सुबोध यादव विरूद्व अभिभावकहरूले घेराहाली हिसाबकिताब मागेको भन्दै भिडियो अपलोड गरिएको थियो ।