माघ २३ को ओली पक्ष जनसभा, यसरी गर्दैछ तयारी : कहाँ–कहाँबाट निस्कदै छ जुलुस ? (सूचीसहित)

काठमाडौं, माघ २०

विभाजिन नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपाले माघ २३ मा काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । उक्त दिनमा हुने ओली पक्षको जनसभामा २ लाख मानिस प्रदर्शनमा उतार्ने तयारी नेकपाको रहेको जनाइएको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव पक्षले काठमाडौंमा गरेको शक्ति प्रदर्शनलाई सामान्य भन्दै २३ गते वास्तविक जनप्रदर्शन हुने दावी गर्नुभएको थियो । सभाको तयारीका लागि भोली माघ २१ गते काठमाडौंमा १० हजार मोटरसाइकलको र्‍यालीसमेत गरिने जनाइएको छ ।

जसका लागि काठमाडौंका १६ स्थानबाट र्‍याली निकाल्ने तयारी गरिएको उक्त समुहको र्‍याली तथा जनसभा व्यवस्थापन समितिले जनाएको छ । जनाइएअनुसार बागबजार, प्रदर्शनी मार्ग, महेन्द्र शालिक पूर्व, घण्टाघर, नेपाल एयरलाईन्स अगाडि, त्रिपुरेश्वर, गौशला, माईतिघर, पुतलीसडक, लैनचौर, सोह्रखुट्टे नयाँ रोडलगायतका स्थानबाट र्‍याली निकाल्ने तय भएको छ ।

चारैतिरको र्‍याली नारायणहिटी संग्राहलय अगाडि टुंगीनेछ । ओली पक्षले संग्राहलय अगाडि सभा गर्ने घोषणा यसअघि नै गरेको थियो ।साभार जनता टाइम्स