बढदो संक्रमनको कारण रौतहटमा भदौ ७ गते सम्म निषेधाज्ञा जारी

आरएन पटेल
रौतहट । साउन ३१ गते
रौतहट जिल्लामा अगामी भदौ ७ गते सम्म निषेधाज्ञा थप गरिएको छ । आज जिल्ला सुरक्षा समितिको बसेको बैठकले भदौ १ गते देखि ७ गते सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरिएको थियो । जिल्लामा कोरोना संक्रमण समुदाय स्तरमा फैलिएसंगै निषेधाज्ञा बढाईएको हो । यस अघि गत साउन २४ गतेदेखि लागु गरिएको निषेधाज्ञा भोली ३२ गते सकिन लागेको हो । रौतहट जिल्लाको विभिन्न स्थानिय तहहरुमा कोरोना समुदायस्तरमा नै फैलिएकोले जोखिम यथावत रहिरहेको जनाउदै आम नागरिकको जीवन रक्षाको लागी निषेधाज्ञा जारी नै राख्नु पर्ने आवश्यकता भएकाले निषेधाज्ञालाई भदौ ७ गतेसम्मको लागी थप गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनु गराउनु भयो । नागरिकहरुले अति आवश्यक कामका लागी घर बाहिर निस्कदा अनिवार्य माक्स , सेनिटाइजर तथा पञ्जाको प्रयोग गर्न समेत अपिल गरिएको छ । त्यसका साथै भौतिक दुरीलाई पनि ख्याल राख्नु पर्ने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएकोे छ ।