पिपरियामा वडाध्यक्ष यादवले जनतालाई राहत पैकेज नदिई वडामै बन्द राखे

रौतहट । साउन ३१ गते
रौतहट जिल्लाको बौधिमाई नगरपालिका अन्तर्गत पिपरियामा अहिलेसम्म प्रदेश २ सरकार बाट उपलब्ध गराएको राहत जन्तालाई उपलब्ध गराईएको छैन् । करिब दुई महिना अघि घरेलु तथा साना उधोग बाट करिब ६० वटा राहत बुझि अहिले सम्म वितरण गरेका छैनन् ।
लामो समय सम्म जारी लकडाउनको कारन गरिब विपन्न परिवारहरू खान का लागि धौधौ परिरहेको बेला वडाध्यक्षले प्रदेश सरकार बाट उपलब्ध राहत बुझि वडा कार्यालयमा नै कुहाईरहेका छन् । वडाध्यक्षको चरम लापरबाहीले यस्तो हुन गएको स्थानीयहरूले आरोप लगाएका छन् । नगरपालिका बाट करिब दुई महिना अघि बुझि वडाध्यक्ष हृदय नारायण राय यादवले जनतालाई राहत पैकेज नदिई वडा कार्यालयमा बन्द गरि राखेका छन् । बौधिमाई नगरपालिकाको वडा नम्बर ६ का जन्ता संग वडाध्यक्ष यादवले यस्तो व्यवहार गरेका हुन् । पहिलो चरणको राहत ढिलो वितरण गरेका वडाध्यक्ष यादवले प्रदेश सरकारले दिईएको राहत अहिलेसम्म उपलब्ध गराएका छैनन् । नगरपालिका लाई घरेलु तथा साना उधोग कार्यालय रौतहट बाट उपलब्ध हुने बितिकै वडा कार्यालयको जिम्मा लगाईएको हो । तर किन वितरण हुन सकेन यसको जवाफ वडाध्यक्षले दिने मेयर राजिव रंजन यादवले बताएका हुन् । यस विषयमा वडाध्यक्ष यादव संग प्रतिक्रिया लिन खोजदा ठिलो भएको स्विकार गर्दै यस अघि राहत वितरण गर्दा विवाद भए पछि प्रदेश सरकारको राहत वितरण गर्दा पनि विवाद हुने डरले वितरण नगरेको प्रतिक्रिया दिए । प्रथम चरणको राहत वितरण गर्दा ढुंगामुढा पनि भएको थियो । त्यसपछि सिडिओको आदेश मा राहत वितरण को काम रोकिएको बताए । जनप्रतिनिधिहरू र पार्टि प्रतिनिहरू बिचमा कुरा नमिल्दा गरिब , असहाय विपन्न परिवारको लागि आएको राहत कुहिएर फालिने अवस्थामा पुगिसकेको एक जना स्थानीयले बताएका छन् ।