आदर्श उपाध्याय,रौतहट , ९ कार्तिक / नेपाल-भारत सीमानाका बन्द रहेको सशस्त्र प्रहरी बल नेपालले ठोकुवा गरेपनी सशस्त्र प्रहरी बल र नेपाल प्रहरीकै सहयोगमा रौतहटको सीमावर्ती क्षेत्रका विभिन्न नाकाहरु हुँदै व्यापक मात्रामा भारतीय बजारबाट विभिन्न सामग्री र कपडाको तस्करी तिब्र रूपले अगाडी बढेको छ । स्थानीय प्रहरी प्रशासनलाई तस्कर संगठनले मोटो रकम बुझाएर तस्करीको कार्यमा तिब्रता ल्याएको हो । रौतहटको विभिन्न नाकाहरु हुँदै अबैध रूपले नेपाल भित्रिने कपड़ा लगायत कास्मेटिक र रेडिमेटका विभिन्न सामग्रीहरु रौतहटकै बजारहरुमा लगिने गरिन्छ । बिगत केही महिनादेखी बन्द रहेको तस्करी लाइन प्रहरी प्रशासनकै सहयोगमा सुचारू भएको छ । सीमावर्ती क्षेत्रमा रहेका प्रहरी चौकी बेलबिछवा,महादेवपट्टी, बंजरहा,मठ्ठिया, जयनगर,रामपुरखाप,नरकटिया,बंकूल,बाराको कचोरवा,सिमरौनगढ़,पिपरपाती,मटीअर्वा,बसतपुर,कवाहिकोट लगायतका प्रहरी चौकी र भारत तर्फको बोर्डर आउट पोस्ट बरगैनिया,चैनपुर,भंगहा,जमुनिया,अठमुहान,अमवा लगायत आदापुरको सहयोगमा भैंसी लगायत कपड़ा तथा विभिन्न कास्मेटिक र रेडिमेट सामग्रीको तस्करीको लाइन सुचारू भएको हो । तस्कर सङ्गठनका नायिकेहरु भारतीय चैनपुरका धर्मजीत साह,मुन्ना सिंह,संजय साह,पिटवा जमुनियाका श्यामसुन्दर कुशवाहा,कोरैयाका दिनेश कुशवाहा,झरौखरका प्रेम यादव,आठमुहानका अरबिन्द यादव,त्यस्तै नेपालका तस्कर समुहका महुलियाका मिश्रीलाल साह,लतमरिका प्रमोद साह, सानो कोपवाका मोतिम मिया राकी,बाराको कचोरवाका उमेश साह कानू,पटेरवाका प्रदीप जयसवाल, रौतहट कटहरियाका रंजय र लक्ष्मी लगायतका तस्कर समुहहरुले भारत नेपालका स्थानीय प्रसाशनलाई मोटो रकम दिई रातिको समयमा तस्करीको कार्य गर्दै आएको प्रत्यक्षदर्शिहरुको भनाई छ। जिल्लामा तस्करी बढ्दै गएको सूचना पाउनासाथ सशस्त्र प्रहरी बल ११ नम्बर गण हेडक्वाटर रौतहटका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सूर्यशेन ओलीको कडा एक्सनले तस्करहरूमा हडकम्प मचेको छ । मुलूक लगायत विश्वब्यापी फैलिएको कोरोना भाइरस महामारीको समयमा मुख्य नाकाको साथ साथै ग्रामिण भेगहरूमा समेत निगरानी सशस्त्र प्रहरी बलले बढाएको हो । सशस्त्र प्रहरी उपरीक्षक ओलीको आदेश पाउनसाथ सीमामा बसेका सशस्त्र प्रहरीको साथ साथै ग्रामिण भेगमा बस्ने बेस क्याम्पहरूको सशस्त्र प्रहरीले समेत आफ्नो निगरानी बढाएको छ । नेपाल र भारतको खुल्ला सीमाको फाइदा उठाउदै अबैध रूपले नेपाल भित्रयाएको मोटरसाइकल सहितको कपडा र अन्य सामान बरामद समेत गरिएको सशस्त्र प्रहरी उपरीक्षक सूर्यशेन ओलीले जानकारी दिनुभयो । उहाले विशेष सूचना पाउनसाथ सशस्त्र प्रहरीको टोलि परिचालन गरिएको र ३ वटा मोटरसाइकल सहित करीब ९ लाख बराबरको कपडा लगायत बिभिन्न सामग्रीहरु बरामद गरिएको बताउनु भयो । कार्तिक ८ गते शनिबार राति करीब ९:३० बजेको समयमा भारत – नेपालको सीमा नाकामा पर्ने नरकटिया स-मिल भएको बाटो भएर अबैध रुपमा नेपाल भित्र्याइरहेको सामग्री देवाहि गोनाही नपाको करकच टोलबाट करीब ४ लाख ५० हजार बराबरको लत्ताकपडा,मोबाइल,कीटनाशक औषधी र बारा- रौतहटको विभिन्न नाकाहरुबाट राजस्व छली गरी ल्याइएको करीब ४ लाख ५० हजार बराबरको विभीन्न सामग्री रातिनै पक्राउ गरी ११ नम्बर गण हजमिनिया सशस्त्र हेडक्वार्टरमा ल्याइएको प्रहरी उपरीक्षक ओलीले बताउनु भयो । साथै विभिन्न नाकाहरुबाट तस्करी हुनथालेपछि नियन्त्रण गर्न मातहतका यूनिटहरुलाई तस्करी नियन्त्रण गर्न र भागेका तस्कर मोतिम मिया राकीको खोजतलास समेत गर्न निर्देशन दिइएको तथा पक्राउ परेका सामग्रीहरु आवश्यक कार्यवाहिको लागि कार्यालय खुलेपछि भोली नै भन्सार कार्यालय बुझाउने सशस्त्र प्रहरी बल ११ नम्बर गण हेडक्वाटर रौतहटका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक ओलीले जानकारी दिनु भएको छ।
Home मुख्य समाचार रौतहटमा सशस्त्र प्रहरी टोलिद्वारा मोटरसाइकल सहित तस्करीको सामग्री भारी मात्रामा...