कोरोनालाई जितेर नारायणी अस्पतालबाट चार संक्रमित डिस्चार्ज
पर्सा, बैशाख १४ गते । कोरोना भाइरसको संक्रमणलाई जितेर बीरगंजको नारायणी अस्पतालमा भर्ना भएका चार जना संक्रमित आज निको भएर डिस्चार्ज भएका छन् । उनिहरुलाई आईतवार एक कार्यक्रमका विच नारायणी अस्पताल वीरगंजका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्याय सहित अस्पतालका कोरोना संक्रमणको उपचार गर्न खटिएका चिकित्सक निरज सिंह, उद्धय नारायण सिंह लगायतको स्वास्थ्यकर्मीको टोलीले फुलमाला लगाई विदाइ गरेको छ । सक्रमितहरुको लगातार तेश्रो र चौथो पटकको पिसिआर रिपोर्ट कोरोना नेगेटिभ आएपछि उनीहरुलाई अस्पतालबाट डिस्चार्ज गरिएको डा.उपाध्यायले बताउनु भयो । कोरोनालाई जितेर डिस्चार्ज हुनेमा रौतहटका १९ वर्षीय युवक र ३ जना भारतीय नागरिक रहेका छन । रौतहटका युवक बैशाख २ गते देखि नारायणी अस्पतालको आईसोलेशनमा उपचारत थिए भने भारतीय तिन नागरिक मुस्लिम धर्मका जमातिहरु चैत्र २९ गते संक्रमित भएको पुष्टि भएपछि अस्पतालमा भर्ना भएका थिए । रौतहटका युवकलाई अभिभावकको जिम्मा लगाईएको छ भने भारतीय नागरिकहरुलाई मुस्लिम आयोगका प्रतिनिधिको जिम्मा लगाईएको मेडिकल सुपरिटेन्डेन्ट डा.उपाध्यायले बताए । भारतीय जमातिहरु नारायणी अस्पतालको आईसोलेशनमा भर्ना भएको १५ दिन पछि निको भएरु डिस्चार्ज भएको र रौतहटका युवक १२ औं दिनमा निको भई घर गएका छन् । वीरगंजका ४ जनाले कोरोना भाईरसको संक्रमण जितेरसँगै कोरोनाबाट संक्रमित ५२ मध्ये १६ जना निको भएर घर फर्किएका छन् ।