ईशनाथमा मेयर मेहताले गरे अस्पताल र बिधालय भवन भव्य रूपमा उदघाटन

स्मिथ रजक,रौतहट,चैत ९गते रौतहट जिल्लाको ईशनाथ नगरपालिका लक्ष्मीनिया स्थित रहेको अस्पताल र बिधालय भवनलाइ भव्य रूपमा उदघाटन गरिएको छ । बुधबार एक कार्यक्रमका बिच ईशनाथ नगरपालिका नगर प्रमुख सन्तोष कुमार मेहताले समुदघाटन गर्नु भएको छ । ईशनाथ नगरपालिका द्वारा निर्मित नगरको गौरव आयोजना रहेको छ । ईशनाथ नगरपालिकाको वडा नम्बर ५ लक्ष्मीनिया टोलमा आधारभुत इकाइ अस्पताल निर्माण पश्चात् आज उदघाटन गरिएको हो । त्यस्तै वडा नम्बर ५ मै रहेको श्री शंकर प्राथमिक बिधालय लक्ष्मीनियामा बिधालय भवन निर्माण पछि आजै मेयर मेहताले उदघाटन गर्नु भएको छ । उदघाटन कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष शेख निसार आलमले गर्नु भएको थियोे भने प्रमुख अतिथी को रूपमा नगर प्रमुख मेहता रह्नु भएको थियो । कार्यक्रमको विशिष्ट अतिथिको रूपमा ईशनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेम बहादुर भुजेल रह्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य ईशनाथ नगरपालिकाका स्वास्थ शाखा उपप्रमुख शेख सराजुल आलम राख्नु भएको थियो भने कार्यक्रम सञ्चालन मनोज यादवले गर्नु भएको थियो । ईशनाथ न.पा वडा नम्बर ५ मा आधारभूत स्वास्थय इकाईको तिनकोठे पक्की भवन निर्माण पश्चात आज उदघाटन गरि हस्तान्तरण गरिएको हो । सोही वडामा स्थानीय सरकार बनेपछि नगरपालिका बाट आर्थिक वर्ष २०७७÷७८ को योजना बाट दुबै ठाउँमा निर्माण भएपछि औपचारिक रूपमा उदघाटन गरिएको हो । सो अवसरमा नगर उपप्रमुख हुसेन आरा, वडा ९ का वडाध्यक्ष रामबाबु राय यादव, निसार आलम,रामेश्वर साह सहित नेकपा एमालेका दर्जनौं नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।