प्रहरीले भन्सार छलीका कपडा सहित मानिसलाइ भन्सार बुझाइयो


रौतहट । साउन १६ गते
रौतहट जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत आज साउन १६ गते विहान साढे १० बजेको समयमा जिल्ला प्रहरी कार्यालय मातहत अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिगएको प्रहरी गस्ती टोलीले जिल्ला गौर नगरपालिका वडा नं.४ स्थित बसपार्कमा भारतबाट भन्सार छली चोरी पैठारी गरी टाउँकोमा बोकी नेपाल तर्फ ल्याउदै गरेको सामान पक्राउ गरेको छ । अन्दाजी करिब रु.५८,५००।( ( अन्ठावन हजार पाँच सय ) वरावरको कपडा सहित जिल्ला रौतहट राजपुर नगरपालिका वडा नं.३ वस्ने वर्ष २० को समाउदिनलाई नियन्त्रणमा लिई निजको साथमा रहेको कपडा बरामद गरी मानिस समेत आवश्यक कारवाहीको लागि आज गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।