भन्सार छलीको सामान सहित भैंसी लाइ पनि बुझाइयो भन्सार


रौतहट । साउन १६ गते
भैंसी,पाडा, पाडी र मल (खाद) बरामद गरी प्रहरीले भन्सारमा बुझाएको हो । रौतहट जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत हिजो जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिगएको प्रहरी गस्ती टोलीले जिल्ला रौतहट परोहा नगरपालिका वडा नं.८ मोतीपुर नरकटिया स्थितबाट भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको मलको बोराहरु बरामद गरेको थियो । अन्दाजी करिब रु.१०,२००। (दश हजार दुई सय) बराबरको र आज विहान ७ बजेको समयमा कार्यालय तथा मातहत प्रहरी चौकी जयनगरबाट खटिगएको संयुक्त प्रहरी गस्ती टोलीले जिल्ला रौतहट ईशनाथ नगरपालिका वडा नं.८ लक्ष्मीनिया स्थितमा भारतबाट भन्सार छली चोरी पैठारी गरी भैंसी, पाडा र पाडीहरु ल्याउदै गरेको अन्दाजी मुल्य रु.७०,०००।( सत्तरी हजार ) वरावरको भैंसी, पाडा र पाडीहरु समेत गरी जम्मा रु.८०,२००। ( असी हजार दुई सय ) वरावरको १६ बोरा युरिया मल, ४ वटा भैंसी र २ वटा पडा पाडीहरु वेवारिसे अवस्थामा बरामद गरी आवश्यक कारवाहीको लागि आज गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।