कटहरिया खानेपानीमा समितिको मनोमानी,उपभोक्ताहरु पीडित

रौतहट । भदौ १५ गते
रौतहटको कटहरीया स्थित रहेको शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति को मनोमानी का कारण उपभोक्ताहरु पीडित बनेका छन ।
खानेपानी उपभोग गरे वापत समितिले निर्धारण गरेको चर्को शुल्कका कारण कटहरीया नगरपालिकाका वडा नं ४,५ लगायतका जनता अर्थात उपभोक्ताहरु मारमा परेका छन् ।

समितिले सूचना नै जारी गरी यही भदौ १५ गते आजसम्म निर्धारण गरिएको शुल्क तिर्न उपभोक्ताहरुलाई आह्वान गरेको थियो । १५ गतेसम्म शुलक नतिर्ने उपभोक्ताको धाराको लाइन नै काटिदिने र जरिवाना गर्ने भनी समितिले सूचना मार्फत चेतावनी दिएको छ ।
समितिले महिनाको कति शुल्क तिर्नुपर्छ भने उपभोक्तालाई अझै स्पष्ट जानकारी नदिएपनी अधिकांश उपभोक्तासँग विल्लमा महिना नै उल्लेख नगरी ५२५ रुपैयाँका दरले रकम असुल गरेको उपभोक्ताहरुले बताएका छन् ।
यता समितिले नियम विपरीत आफ्ना मनोमानी शुल्क लिएको भन्दै उपभोक्ताहरुले विरोध गरेका छन् ।
आफूहरु पानी उपभोग गरेदेखि एक वर्ष सम्म परीक्षण काल रहने भएको हुँदा परीक्षण काल को समय भित्र कुनै किसिमको शुल्क नलाग्ने कटहरिया गाउँका उपभोक्ता राजाबाबु साहले बताएका छन् ।

परीक्षण कालको अवधि आउँदो असोजसम्म रहेको हुँदा असोज भन्दा यता शुल्क नतिर्ने भन्दै, उपभोक्ता शंकर दासले विरोध जनाएको हो ।
यता सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति कटहरीयाका अध्यक्ष योगेन्द्र साहले कर्मचारीको तलब खुवाउन पानीको न्युनत्तम शुल्क निर्धारण गरेको बताएका छन् ।
कर्मचारी पाल्न उपभोक्ताहरुलाई प्रति महिना २४० रुपैयाँ शुल्क तोके पनि हाललाई प्रति महिना एक एक सयको दरले गरी ५ महिनाको ५ सय २५ रुपैयाँ लिएको उनले बताए । पानी को दुरुपयोग हुन् बाट रोक्न शुल्क को व्यवस्था गरेको उनले बताए । परीक्षण कालको अवधि आउँदो असोजसम्म रहेको हुँदा असोज भन्दा यता शुल्क नतिर्ने भन्दै,उपभोक्ता शंकर दासले विरोध जनाएको हो । यता सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति कटहरी याका अध्यक्ष योगेन्द्र साहले कर्मचारीको तलब खुवाउन पानीको न्युनत्तम शुल्क निर्धारण गरेको बताएका छन् । कर्मचारी पाल्न उपभोक्ताहरुलाई प्रति महिना २४० रुपैयाँ शुल्क तोके पनि हाललाई प्रति महिना एक एक सयको दरले गरी ५ महिनाको ५ सय २५ रुपैयाँ लिएको उनले बताए । पानी को दुरुपयोग हुन् बाट रोक्न शुल्क को व्यवस्था गरेको उनले बताए ।