लकडाउन अवज्ञागर्ने पन्द्र पक्राउ ६७ सवारीसाधन नियन्त्रणमा
बारा, १६ चैत । सरकारले घोषणा गरेको लक डाउनको छैठौ दिन आईतवार बारा प्रहरीले लकडाउनको अवज्ञा गर्ने १५ जना लाई पक्राउ गरेको छ भने ६७ सवारी साधन नियन्त्रणमा लिएको छ । बाराको कलैया अस्पतालमा रहेको आईसोलेसनमा अहिले ५ जना निगरानीमा रहेको प्रहरी प्रवतmा गौतम मिश्रले जानकारी दिए । बजार, यातायात पुर्ण रुपमा बन्द रहेको छ भने मानिस बजारमा अनाहकमा निस्किने क्रम बढेपछि सामानको विक्री वितरण समेत बन्द गरिएको छ ।