गुजरा नपामा एउटा होइन् तीन वटा मेयर :नेता बदरुदिन


रौतहट । भदौ १५ गते
रौतहटको गुजरा नगरपालिका निवासी एवं जनता समाजवादी पार्टीका प्रभावशाली युवा नेता बदरुदिन अरमान भाइले गुजरा नगरपालिकाका मेयर सन्तलाल चौधरी मेयर मुखी नगरपालिका बनाएको आरोप लगाएका छन् ।
मेयर चौधरीले जनताको हित भन्दा आफ्नै हितको लागि काम गरिरहेको उनको आरोप छ ।

पत्रकारहरु संग आज आफ्नै निवासमा कुरा गर्दै जनता समाजवादी पार्टी का नेता अरमानले जनतालाई फाइदा हुने काम नगरी आफ्नै फाइदा हुने काम मात्रै गरिरहेको आरोप लगाएका छन् ।

उपमेयर रौसन शेष खातुनको श्रीमान समेत रहेका नेता बदरुदिन अर्मानभाइले मेयर चौधरीले आम उपभोक्ता समितिबाट १० प्रतिशत कमिसन लिएको र उपमेयरले सो कमिसन नलिन भनेपछि उल्टै उपमेयर लाई नै अनुगमन समितिको संयोजक बाट हटाएको आरोप लगाएका हुन् ।

त्यस्तै नगरको सन्दर्भमा बस्ने बैठकमा मेयर र उपमेयर मिलेर कुनै निर्णय गर्नु पर्नेमा मेयर चौधरीले उपमेयर लाई बाइपास गरी एकलौटी निर्णय गरी कार्यान्वयन गरी विकास बजेटको रकम दुरुपयोग गरेको उनले बताए ।
मेयरले एकलौटी गरेको निर्णयमा उपमेयर खातुनले हस्ताक्षर गर्न नमान्दा मेयर चौधरीलाई अप्ठ्यारो हुन् थालेको उनले बताए ।

मेयर संतलाल चौधरीले फन् पार्कको नाममा करोडौं रकम दुरुपयोग गरेको समेत उनले आरोप लगाए ।

मेयर चौधरीले गुजरा नगरपालिका २ चोचामा करोडौंको लगानीमा फन पार्क निर्माण गरेका छन् उक्त फन पार्कबाट जनतालाई कुनै फाइदा नरहेको नेता बद्रुदिनको भनाई छ ।
आफू र उपमेयर खातुनले जनतालाई स्वरोजगार बनाउन फन पार्कको साटा वडा नं १,२ र ३ लाई समेटेर बाख्रा गाउँ घोषणा गरी प्रत्येक व्यक्तिलाई २ वटा बाख्रा उपलब्ध गराउन चौधरीलाई पटक पटक आग्रह गरेपनि मेयर चौधरीले आफूहरूको कुरालाई बेवास्ता गरी आफ्ना मनोमानी तरिकाले फन पार्क बनाएको उनको आरोप छ ।
मेयर चौधरीले यसरी नै जनताको पक्षका काम नगरी आफ्ना व्यक्तिगत स्वार्थ पूर्ति हुने काम मात्रै गरेको उनको दाबी छ ।
उपमेयर खातुनले कोरोना जाँचको लागि सवाव दिसकेको भए पनि मेयर चौधरीले उपमेयर सवाब दिन नै नमानेको भनी झूठो आरोप लगाएको उनले बताए ।
त्यस्तै नेता बदरुदिन अर्मानले गुजरा नगरपालिकामा एउटा नभई तीन तीन जना मेयर रहेको समेत बताएका छन् ।
यस नगरपालिकामा एउटा मेयर, एउटा टप मेयर र एउटा उपमेयर रहेको भन्दै उनले टप मेयर र मेयरले मात्रै नगरपालिका चलाइरहेको आरोप लगाए ।
आफूले सदैव जनताको पक्षमा काम गर्न उनलाई सुझाव दिने गरेको उनले बताए ।

नेता अर्मा नले यश अघि भए गरेका सम्पूर्ण काम को खर्च विवरण जनतामा सार्वजनिक गर्न उपमेयर खातुनले पटक पटक लिखित र मौखिक रूपमा ताकेता गरेपनि मेयर चौधरीले सार्वजनिक गर्न नमानेको उनले बताए ।