रौतहटमा ११ जना संक्रमित बढे

भदौ ७ गते रौतहट।

रौतहटमा आज थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्लाको बौधीमाई नगरपालिका र राजदेवी नगरपालिका संक्रमण पुष्टि भएको हो । बौधीमाई नगरपालिकामा ५ जना र राजदेवी नगरपालिका ६ जना गरी ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रौतहटका फोकल पर्सन हरेन्द्र गुप्ताले जानकारी गराएका हुन् । यो संगै रौतहट जिल्लामा कोरोना संक्रमितको कुल संख्या १ सय २७ पुगेको हो । सक्रिय संक्रमितको संख्या १ सय ६० रहेको गुप्ताले बताए । बौधिमाइको सरमुजवामा ३ जना र पिपरियामा २ जनामा संक्रमण पुष्टि भएको बौधिमाइका स्वास्थ्य संयोजक राकेश यादवले जानकारी गराएका हुन् ।