रौतहट बासी प्रती उत्तरदायी फतुवा बिजयपुरको आर्थिक सहयोग

रौतहट भदौ ८ गते

रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकाले पनि पिसिआर मेसिन खरिद गर्नको लागि आर्थिक सहयोग गरेका हुन। नगर प्रमुख गोपाल राय यादवले जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको नेतृत्वमा जिल्ला बिपत ब्यबस्थापन समितीको बैठकबाट पिसिआर टेस्ट मेसिन खरिद तथा स्तरीय आइसोलेसन निर्माण कार्यको लागी रौतहटका प्रत्येक स्थानीय तहबाट ५र५ लाख सहयोग गर्ने निर्णय बमोजिम गौर अस्पतालका नाममा एम्बुलेन्स सेवाको लागि रु ५०००००र(अक्षरेपी रु पाँच लाख मात्र भदौ ८ गतेका दिन उप्लब्ध गराएको छ । आफनो नगरका जनताहरुलाई हरेक जोखिम बाट बचाउन कुनै कसर बाकी नराख्ने नगर प्रमुख यादवले बताउनु भयो । रौतहट बासी प्रती उत्तरदायी भइ कुशल एबम दक्ष प्रजिअले गरेको निर्णयलाई स्वागत गर्दै यादवले प्रजिअ यादवको सोच , दक्षता , कुशलताका कारण कोरोना महामारीबाट बचाउन सकिने हुनले बताए। रौतहटमा पिसिआर मेसिन सुबिधा सम्पन्न आइसोलेसन यथाशिघ्र शुरूवात हुने नगरप्रमुख यदवले बिश्वास ब्यक्त गर्नु भयो ।