जनमतपार्टीद्धारा सहिद ठाकुरप्रति श्रद्धाञ्जली

रौतहट । भदौ ८ गते
आज यमुनामाइ गाउँपालिकाको सरुअठामा जनमत पार्टी रौतहटको आयोजनामा जनमत पार्टी केन्द्रीय सदस्य बिरेन्द्र साह, मधेश नेतृत्व पुञ्जको केन्द्रीय संयोजक ललित मल्लिक शानू, बरिष्ठ नेतृत्व मण्डलको केन्द्रीय संयोजक अशोक कुमार सिंह, जिल्ला ईन्चार्ज विनय वर्मा क्षेत्रिय अध्यक्ष राजकुमार साह लगायतका नेताहरुको आतिथ्यमा सहिद राजकिशोर ठाकुरको पुण्य तिथिको अवसरमा श्रध्दाञ्जली कार्यक्रम र पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा मधेश आन्दोलनको क्रममा सहादत दिएका राजकिशोर ठाकुर लगायत सम्पूर्ण सहिदहरुको सम्मानमा मौनधारण एवम् मैनबत्ति प्रज्वलन गरी श्रद्धाञ्जली कार्यक्रम गरिएको छ र त्यसै कार्यक्रममा नेपाली कांग्रेसका दिग्गज स्थानीय नेताहरु श्री राम राय यादव, जमाहिर मियाँ तत्कालीन एमालेवाट निर्वाचित वडा अध्यक्ष बिष्णु साह, जसपाका बिरबल बैठा लगायत दुई दर्जन भन्दा बढी नेता कार्यकर्ताहरु बिभिन्न पार्टी परित्याग गरी मधेशमा अब एक मात्र मधेशवादी पार्टी जनमत पार्टी रहेको भन्दै औपचारिक रुपमा जनमत पार्टी को सदस्यता लिई पार्टी प्रवेश गरेको व्यहोरा यसै प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन ।