मिथिला संस्कृतिको नाममा लहानमा अश्लीलता प्रदर्शन हुने

662

जनकपुरधाम, ८ माघ । सिरहाको लहानमा माघ २५ गते मिथिला सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

उक्त मिथिला सांस्कृतिक कार्यक्रममा भोजपुरी नायिका अक्षरा सिंह र नेपाली गायिका तथा नृत्यांगना ज्योति मगर सहभागी हुने भएकी छन् ।

भोजपुरी नायिका अक्षरा सिंह

मिथिला संस्कृतिको नाममा उक्त कार्यक्रममा भोजपुरी नायिका सिंह तथा नेपाली गायिका तथा नृत्यांगना मगर सहभागी हुने भएपछि चौतर्फी विरोध हुन थालेको छ । भोजपुरी नायिका सिंह तथा नेपाली गायिका तथा नृत्यांगना मगरहरुले संस्कृतिको नाममा अश्लीलता प्रदर्शन गर्ने गरेका छन् ।

नायिका सिंह भोजपुरीको नाममा तथा मगरले नेपाली संस्कृतिको नाममा अश्लीलता प्रदर्शन गर्ने गरेकी हुन् । उनीहरू लहानमा मिथिला सांस्कृतिक प्रदर्शन गर्न नभइ अश्लीलता गर्न आइरहेको मिथिला सांस्कृतिक अभियानका अगुवाहरुले बताएका छन् । मिथिला सांस्कृतिक अभियानहरुका अनुसार उनीहरू सांस्कृतिकको झल्को प्रदर्शनको नाममा अंग प्रदर्शन गर्न आइरहेका छन् । उनीहरूले संस्कृतिलाई उजागर गर्न नभइ बदनाम गर्न आइरहेको आरोप लगाएका छन् । उनीहरुको सांस्कृतिक प्रदर्शन हेरेर मिथिला संस्कृति झन् बदनाम हुने र युवाहरूमा संस्कृतिको नाममा नकारात्मकता उत्पन्न हुने बताइएको छ । तर उक्त कार्यक्रममा अश्लिल डान्ससहितको गीत प्रस्तुत नहुने आयोजकको दाबी छ । एस.राज प्रोडक्सनस् प्रा.लि.को आयोजनामा हुन लागेको उक्त कार्यक्रमको चौतर्फी विरोध हुन थालेको छ ।

लहानस्थित बाटिका टुरिजम ग्राउण्डमा हुने उक्त कार्यक्रममा नेपाल टेलिकम र नेपाल टुरिजम बोर्ड स्पन्सर रहेको छ । यस्ता अश्लीलता भड्काउने कार्यक्रममा सरकारी स्तर बाटै सहयोग हुनु दु:खद रहेको अगुवाहरुले बताएका छन् । कार्यक्रमको अन्य सहयोगीहरुमा पावर वाई टुवर्ग वियर, वाइ वाई चाउ चाउ, बाटिका टुरिजमलगायत विभिन्न संघ संस्थाहरु रहेको छ ।