प्रहरीले मल खाद्ध समात्न नछोडे आन्दोलन गर्ने किसानको चेतावनी

रौतहट । असार २४
रौतहट । धानरोपाईको सिजनमा राज्यले आपुुर्ती गर्न नसकेको रसायसनक मल सशस्त्र प्रहरीले समात्न थालेपछी रौतहटका किसान आक्रोसित बनेका छन ।
कृषी सामग्री कम्पनी मार्फत आउने अनुदान सहीतको रसायनिक मलखाद सहज आपुुती हुननकीरहेको समय जेनतेन भारतिय क्षेत्रबाट ल्याउँदा सशस्त्र प्रहरीले तस्करीको भन्दै बरामद गर्न थालेपछी किसानहरु थप पिडामा परेका हुन ।
राज्य बाट पनी आपुुती नहुने र भारतिय क्षेत्रबाट ल्याउँदा तस्करीको भन्दै सशस्त्र प्रहरीले धमाधम बरामद गर्न थालेको कारण अहिले किसानहरु दुुईगुना मुल्य तिरेर मलखाद खरीद गर्न बाध्य भएका छन ।
जिल्लाभरीको कुल ३८ हजार ७ सय ५० हेक्टर क्षेत्रफल जग्गामा यसपटक भदै र सरीहनधान खेती भईरहेको कृषी ज्ञानकेन्द्र रौतहटका प्रमुख जितेन्द्र झाले जानकारी दिएका छन।
प्रतीहेक्टर धान रोपाईमा एकसय ५० किलो डिएपी,दुुईसय १० किलो युरिया र ६० किलो पोटाँस लाग्दछ । खेतीको अनुपातमा यस पटक राज्यले अनुदानको मल उपलब्ध गराउन नसकेको ज्ञानकेन्द्रका प्रमुख झाले जानकारी दिएका छन ।
राज्य बाट सहज आपुुती हुननसक्दा पहिलै कालोबजारी भईरहेको थियो हाल सशस्त्रले बलपुर्वक मलखाद बरामद गर्न थालेपछी भाउ थप आकासिएको कटहरिया नगरप्रवक्ता चन्दन कुश्वाहाले गुनासो गरेका छन ।
सशस्त्र प्रहरीको ज्यादतीको कारण भारतमा मात्र ४ सय भारु अर्थात ६ सय ४० मा पाउने युुरिया १२ सय र मात्र १५ सय भारु अर्थात २४ सयमा पाउने पारस कम्पनीको डिएपी प्रतीबोरा ३५ सयमा किसानहरु खरीदगर्न बाध्यभएको प्रवक्ता कुुश्वाहाले दुुखेसो पोखेका छन ।
कृषीप्रधान देशमा बिउ तथा मलखाद राज्यले किसानलाई सहज उपलब्ध गराउनुुपर्ने थियो तर कुुनै कारणबस हुननसक्दा किसानले ल्याउने मलखाद कमिसन पाउने लोभमा सशस्त्र प्रहरीले समातेर भन्सार बुुझाउनुु दुखद भएको नेकपा प्रदेश २ कमिटि सदस्य त्रिभुवन साहले टिप्पनी गरेका छन ।
सशस्त्र प्रहरीबल प्रदेश २ का प्रमुख डिआईजी राजुु अर्यालले लकडाउनको कारण राज्यले माग अनुसारको मलखाद आपुुती गर्न समस्या भएको समय किसानले ल्याउँदा कुनै बाधा नगर्न प्रदेशभरीनै निर्देशन दिने प्रतिवद्धता गरेका छन ।
रौतहट स्थित सशस्त्र प्रहरीले हिजोमात्र एकसय ७६ बोरा मलखाद बरामद गरेको छ भने केहीदिन अघि कैयौं मोटरसाईकल,साईकल सहीत सैयौबोरो रसायनिक मलखाद तस्करीको भन्दै बरामद गरेर भन्सार पुुर्याएको किसानहरुले गुुनासो गरेका छन ।
राज्यले सहज आपुुती पनी नगर्ने आफनो ज्यान थातीराखेर भारतिय क्षेत्रबाट जेनतेन ल्याउँदा सशस्त्रले समात्ने काम गलत रहेको भन्दै यस्तो गतिबिधी तुुरुन्त न रोकिए सशस्त्र प्रहरीको बिरुद्धमा कडा आन्दोलनगर्ने किसानहरुले चेतावनी दिएका छन।