सर्लाहीमा रौतहटका एकयुवाको मृत्यु


रौतहट । असार २४ गते ।आफन्तको कुटपिट बाट रौतहटका एकयुवाको सर्लाहीको एकगांउमा मृत्यु भएको छ । घटनामा संलग्न सर्लाहीका ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृत्युहुनेमा रौतहटको राजदेवी नगरपालिका ६ का ३५ बर्षिय अशोक यादव रहेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी मदन कुंअरले जानकारी दिएका छन । लेनदेन बारे छलफल गर्न्र अशोक यादव मंगलबार सांझ आफन्तको घर सर्लाहीको बलरा नगरपालिका गएका थिए । लेनदेनकै बिषयमा भनाभन हुँदै कुटपिटमा परिणत भएको थियोे । सोहिक्रममा आफन्तको कुटाइ बाट उनको घटना स्थलमै मृत्यु भएको डिएसपी कुंअरले बताएका छन । घटनामा संलग्न ३ जनालाई पक्राउ गरिएको र घटना बारे थप अनुसंधान भैरहेको प्रहरीले जनाएको छ । मृतकको शव आज पोष्टमार्टमको लागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ । अनुसंधान प्रभावित हुने भएकाले पक्राउ परेकाको नाम तत्काल सार्वजनिक न गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।