रौतहट । भदौ २० गते
रौतहट जिल्लाको मध्यभागमा अवस्थित श्री बंशीराम जयसवाल अनाथालयको अनुगमन तथा निरीक्षण जिल्लाको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गर्नु भएको छ । जिल्लमै एक मात्र सुव्यवस्थित अनाथालयको रुपमा रहेको अनाथालय अनुगमण निरीक्षणको क्रममा वहाँले अनाथालयमा बच्चाहरुलाई राखी सुव्यवस्थित तरिकाले सवै किसिमको सेवा सुविधा लगायत शिक्षादिक्षा दिई उच्च ओहदा सम्म पु¥याउने जस्ता कार्य महामानवको मात्र हुन सक्छ । त्यो महामानव अनाथालयको संस्थापक बंशिराम जयसवाल हुनु हुन्छ । वहाँ जिवित देवता तुल्य भएको हुनाले वहाँको दर्शन तथा भेटघाटनै ठुलो रहेको बताउनु भयो । साथै जिल्लाको प्रमुखको हैसियतले हुन सकने सवै किसिमको सुविधा उपलब्ध गराउने बताउनु भयो । अनुगमण तथा निरीक्षणमा जिल्ला प्रशासन कार्यलायको कर्मचाचारी, सशस्त्र प्रहरीका जिल्लाका पदाधिकारीहरुको उपस्थिती रहेको अनाथालयका हृदय कुशवाहा जानकारी गराउनु भएको हो ।