रौतहटमा आईसोलेशनबाट १५ सय ३४ जना फिर्ता


रौतहट । भदौ २० गते
रौतहटमा कोरोना संक्रमितको संख्या १६ सय ६३ पुगेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले आज (शनिबार) कोरोना भाइरस सम्वन्धि दैनिक प्रतिवेदनमा संक्रमितको संख्या १६ सय ६३ पुगेको उल्लेख गरेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार हिजो सम्म जिल्ला रहेको कुल संक्रमित १६ सय ६० मध्ये आज थप ३ जना नया संक्रमित थपिए पछी कुल्ल संक्रमित १६ सय ६३ पुगेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ। कोरोना संक्रमणको संकास्पद जिल्लामा ८ महिला र ९ पुरुष गरी जम्मा १७ जना क्वारेन्टिनमा बसेको र १३ हजार २ सय ९० जना क्वारेन्टिनबाट फिर्ता भएको जनाएको छ । जिल्लामा ३ सय ९९ आईसोलेशन बेड रहेकोमा ३३ महिला र ९१ जना पुरुष गरि जम्मा १ सय २४ जना आईसोलेशनमा बसेका छन् ।भने आईसोलेशनबाट १५ सय ३४ जना फिर्ता भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । २० हजार ७ सय २३ जनाको स्वाब संकलन गरीएकोमा १७ हजार ६ सय ५५ जनाको रिपोट नेगेटिभ र १६ सय ६३ जनाको पोजेटिभ रहेको छ । अझै १४ सय ५ जनाको रिपोर्ट आँउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । अहिले सम्म कोरोना संक्रमित बाट जिल्लामा मृत्युहुनेको संख्या ५ पुगेको छ ।