आगलागीबाट छ लाखबढी क्षती

बारा, ७ पुस । बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ११ लक्ष्मिनिया टोलमा आगो ताप्ने क्रममा गएराती आगलागी हुँदा छ लाख मुल्य बराबरको क्षती भएको छ । स्थानीय भिखारी भगत्तमालीले घरमा जाडो छल्नको लागि बालिएको आगो सल्किएर आगलगी हुंदा ६ लाख मुल्य बरारबको क्षति भएको बाराका प्रहरी उपरिक्षक विकाशराज खनालले बताउनुभयो । आगलागीबाट दुई वटा भैसी, चार वटा बाख्रा जलेर मर्नुका साथै घरमा रहेका धान, गहुँ लगायत अन्न तथा लत्ताकपडा समेत जलेर नष्ट भएको प्रहरी उपरीक्षक खनालले बताउनुभयो । आगोलाई सिम्रौनगढ नगरपालिकाको वारुणयन्त्र, स्थानीयबासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको थियो ।