मकै वालीमा अम्रिकन फौजी किराको प्रकोप

बारा, ७ पुस । बारा जिल्लाको विभिन्न पालिकाहरुमा लगाइएको हिउदे मकै वालीमा अम्रिकन फौजी किराको प्रकोप देखिएको कृषि ज्ञानकेन्द्र बाराले जनाएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका, कोल्हवी र निजगढ नगरपालिकामा लगाएको सयौ बिगहा मकै वालीमा सो किराले आक्रमण थालेका ज्ञानकेन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो । किराले बिरुवा देखि मकैमा घोगा लाग्ने सम्म आक्रमण गर्ने गरेको हुदा किसानहरुलाई निकै सास्ती भोग्नु परेको छ । कृषकहरुले विभिन्न जातका हिउदे मकै गत बर्षको तुलनामा यस बर्ष कुल ५ हजार ७ सय ५५ क्षेत्रफलमा हाईब्रिडका विभिन्न जातका मकै खेती गरेकोमा सो अम्रिकन फौजी किराले आक्रमण गर्नेगरेका छन् । अम्रिकन फौजी किरालाई नष्ट गर्नका लागि औषधी पता लगाईरहेको हुदा चाडै सोको निवारण हुने ज्ञानकेन्द्रका प्रमुख यादवले भन्न्ुभयो । गत बर्षमा किसानहरुले ४ हजार ८ सय ३५ हेकटर क्षेत्रफलमा हिउदै मकै खेती गरेका थिए ।