सान्सद साहद्धारा कर्कचमा ग्यास सिलिण्डर तथा चुल्हो वितरण

रौतहट । भादौ ८ गते
रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकामा ग्यास सिलिण्डर तथा चुल्हो वितरण गरिएको छ। प्रतिनिधिसभाका सदस्य माननीय पुर्व मन्त्री प्रभु साहको चुनावी प्रतिबद्धता अनुरुप रौतहट क्षेत्र नम्बर ३ लाई धुवाँ चुल्हो मुक्त बनाउने अभियानलाई पूरा गर्न आज वितरण गरिएको हो। देवाही गोनाही नगरपालिकाकि उपप्रमुख परनिया देवीेको अग्रसरतामा देवाही गोनाही नगरपालिका वडा न ६ कर्कचका ,मुस्लिम र मुसहरी टोलका १४२ घर परिवारलाई उक्त ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको छ । नेकपाको प्रदेश कमिटी सदस्य त्रिभूवन साह, उपमेयर परनिया देवीे वडा अध्यक्ष अनिल झा, मेयर प्रत्यासी प्रेम साह लगायत नेकपाको नेताहरु लगायत जनप्रतिनिधिहरुको उपस्तिथिमा चुल्हो र ग्यास सिलिन्डर वितरण गरिएको सान्सद साहका स्वकीय सचिव बिजय यादव निर्विजले जानकारी दिनुभयो ।